२०८३ कार्तिक ११ गते बुधवार

गेस्ट हाउस भित्रै महिला र पुरूष मृत भेटिए

काठमाण्डौं, १८ श्रावन ।  काठमाण्डौको सिनामंगलमा रहेको एक गेस्ट हाउसमा पुरूष र महिला मृत भेटिएका छन् । दिउँसो होटलका कामदारले खाना खाने वा नखाने भन्ने बुझ्न जाँदा ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका खोल्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा शव फेला परेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

मृतकहरु बाजुरा त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ।

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।