२०८३ कार्तिक ११ गते बुधवार

ट्रक दुर्घटना अपडेटः घाइतेको परिचय खुल्यो

तुलसीपुर, १७ श्रावन ।  दाङमा भएको ट्रक दुर्घटना परी घाइते भएका २ जनाको परिचय खुलेको छ । दुर्घटनामा परी ट्रक चालक कपिलवस्तुको शिवराज नगरपालिका–५ का ५९ वर्षीय हरि बहादुर खत्री र सहचालक सोही ठाउँका १८ वर्षीय दिलिप थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घोराही–३ कुइरेपानीबाट घोराहीतर्फ आउदै गरेको ना ६ ख १६५३ नम्बरको ट्रक कुइरेपानी नजिकै आज बिहान पौने ११ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका दुबैजनाको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । सरिया बोकेको ट्रक दुर्घटनामा पर्नुको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।