२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा कारको ठक्करबाट २ वटा विद्युतका पोल ढले

तुलसीपुर, १६ श्रावन ।  दाङको तुलसीपुरमा विद्युतको पोलमा कार ठोक्किदा दुईवटा पोल ढलेका छन् । तुलसीपुरको बरुवागाउँबाट विरेन्द्र चोकतर्फ आउदै गरेको प्र.३–०१–०२८ च ६९८५ नम्बरको सेतो कलरको कारले बरुवागाउँ नजिकै एउटा पोललाई ठक्कर दिएलगत्तै दुईवटा पोल ढलेको इलका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार एउटा पोलले कारलाई च्याप्दा कारमा क्षेती भएको छ भने अर्को पोल सडकमा तेस्रो परेकाले बाटो अवरुद्ध भएको छ । कार चालक तुलसीपुर–६ का ३४ वर्षीय निराजन श्रेष्ठ भने सकुशल रहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।