काठमाण्डौ, १३ श्रावन । भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि बसेका एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर घर भई अहिले भक्तपुरको कमलबिनायक बस्ने २१ वर्षका सुवास तामाङ रहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ । घाइते तामाङको मध्यपुर ठिमी अस्पतालमा उपचारका क्रममा ज्यान गएको परिसरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले जानकारी दिनुभयो ।
मोटरसाइकलको पछाडि बसेका काभ्रेको महाकाल गाउँपालिका–६ घर भई अहिले भक्तपुरको कमलबिनायक बस्ने २० वर्षका सञ्जिव थापामगर घाइते हुनुभएको छ । उहाँको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति मध्यपुर ठिमी नगरपालिका–४ नयाँ ठिमीमा गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बाग्मती प्रदेश ४ ख २९०१ नम्बरको टिपरले ठक्कर दिएको थियो । प्रहरीका अनुसार टिपरका चालक राजकुमार राईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।