२०८३ कार्तिक ११ गते बुधवार

रुकुममा उपचारकै क्रममा बालिकाको मृत्यु भएपछि आफन्त आक्रोसित

तुलसीपुर, ११ श्रावन ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिमा रहेको नगर अस्पतालमा उपचारकै क्रममा एक बालिकाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–११ निवासी १४ वर्षिया दिक्षा परियारको उपचारकै क्रममा आज बिहान मृत्यु भएको आठबिसकोट नगरपालिकाकी उपमेयर धनकुमारी शाहीले जानकारी दिनुभयो । आज बिहान पौने ५ बजेको समयमा पेट दुखेको भन्दै अस्पताल पुगेकी दिक्षाको उपचारको क्रममा मृत्यु भएपछी घटना शंकास्पद रहेको भन्दै आफन्तले आक्रोश पोखेका थिए ।

मृतकका आफन्तहरुले गम्भिर अवस्थामा नरहेको बिरामीको उपचारमा लापरबाहि गर्दा मृत्यु भएको भन्दै आक्रोसित भएपछि केहिबेर अस्पताल तनावग्रष्त बनेको थियो । मृतक दिक्षा परियारकी आमा रोजगारीको सिलसिलामा भारतमा रहेको र उहाँ आउदै गरेकाले जिल्लामा शव राख्ने व्यवस्था नभएकाले सुर्खेत पठाईएको उपमेयर शाहीले बताउनुभयो । शवलाई सड्नबाट जोगाउन कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको उहाँले बताउनुभयो । मृतककी आमा आएपछी मात्रै शव जिम्मा लगाइने उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।