२०८३ कार्तिक ११ गते बुधवार

खोलाले बगाएर २ किशोरीको मृत्यु

काठमाडौं, ११ श्रावन ।  दैलेखमा खोलाले बगाएर आज शुक्रवार दुई जना किशोरीको मृत्यु भएको छ । महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया सपना बुढा र १३ वर्षीया भावना बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो ।

सपना फुपू र भावना भतिजी रहेको बताइएको छ । गाई–बाख्रा गोठाला गएका उनीहरू छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा बगेका र काफल खेत नजिक सपनाको र जडेपिपल नजिक भावनाको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरू मालिका मावि बाँसीको कक्षा ९ मा अध्ययनरत थिए ।।

प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।