२०८३ कार्तिक ११ गते बुधवार

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

रामेछाप, ११ श्रावन ।  अविरल वर्षाका कारण पहिरो जाँदा रामेछापमा तीन बालिकाको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका–६ फर्पुमा हिजो पहिरोले बिमन तामाङको घर पुरिँदा १८ वर्षकी सीता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दिउँसो खेतमा काम गरेर फर्केपछि बेलुका नुहाएर घरमा आराम गरेर बसेको बेला अकस्मात आएको पहिरोले उनीहरूलाई पुरेको प्रहरीले जनाएको छ । घरको पछाडिपट्टीको कुलेसोतर्फबाट पहिरो झरेको थियो ।।

प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।