२०८३ कार्तिक ११ गते बुधवार

पहिरोमा पुरिएर एक जनाको मृत्यु

दैलेख, ९ श्रावन ।  दैलेखमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । ठाँटीकाँध गाउँपालिका–२ चौताराका ५५ वर्षीय सेते बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपक मगराठीले जानकारी दिनुभयो ।

आज घरको करेसा छेउमा पहिरो रोक्न पर्खाल लगाउन लाग्दा पहिरोले पुरिएर उहाँको मृत्यु भएको हो । यस्तै पहिरोमा परी घाइते भएका उहाँका तीन वर्षे नातिलाई उपचारका लागि सुर्खेत लगिएको स्थानीय मनसरा विष्टले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।