२०८३ कार्तिक ११ गते बुधवार

काटिएको उद्योगमा विद्युत लाइन आजैदेखि जोडिने

काठमाडौं, ८ श्रावन ।  विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिने भएको छ । डेडिकेटेट र ट्रङ्कलाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । लाईन काटिएका ६ वटा उद्योगहरुको विद्युत आज साँझबाट क्रमिक रुपमा जडान गरिने निर्णयमा उल्लेख छ ।

तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी हाललाई उद्योगहरुको विद्युत लाईन जोडने निर्णय भएको प्राधिकरणको भनाइ छ । प्रचण्ड नेतृत्वको सरकार हुँदा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको थियो ।।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।