२०८३ कार्तिक ११ गते बुधवार

सल्यानमा छोरासँगै सुतेकी महिलालाई बलात्कार गर्ने दुई जना पक्राउ

सल्यान, ८ साउन ।  सल्यानमा नाबालक छोरासहित सुतेकी एक महिलालाई सामूहिक बलात्कार गर्ने मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का एक जना फरार छन् । प्रहरीका अनुसार जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१ बुरेलीमा माइतीघरमा सुतिरहेकी २३ वर्षीय एक महिलामाथि सामूहिक बलात्कार भएको हो । गत असार ३१ गते राति १२ बजेतिर तीनजना व्यक्तिहरु महिलाको माइतीघरमा जवर्जस्ती प्रवेश गरेर घिसार्दै घरवाहिर बार्दलीमा ल्याएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो ।

बलात्कार आरोपमा बनगाड कुपिण्डे नगरपालिका–१ देवस्थल बस्ने २१ वर्षीय वसन्त बुढा र जाजरकोटको जुनीचाँदे–८ घर भई हाल सल्यानको वनगाडको देवस्थल बस्ने २४ वर्षीय मान बहादुर रावतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित महिलाले साउन १ गते जाहेरी दिएपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले खोजतलास गर्ने क्रममा साउन २ गते सल्लीबजार नजिकबाट आरोपीहरु प्रहरीले पक्राउ गरेको हो । अर्का एकजना फरार प्रतिवादीको पनि खोजी भइरहेको सल्यान प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।