२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा सर्पको टोकाईबाट एक बालिका गम्भिर विरामी

तुलसीपुर, ८ श्रावन ।  दाङको तुलसीपुरमा सर्पको टोकाईबाट एक बालिका गम्भिर विरामी परेको प्रहरीले जनाएको छ । सर्पको टोकाईबाट तुलसीपुर–१२ कौवापुर निवासी लक्ष्मी चन्दकी ३ वर्षीया छोरी सृजना चन्द गम्भिर विरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आज बेलुका ६ बजेको समयमा आफ्नै घरमा सुतिरहेको अवस्थामा नाम नखुलेको सर्पले उनलाई टोकेको हो । बालिकाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।