२०८३ कार्तिक ११ गते बुधवार

एक दिनमा कतीवटा गाडी दुर्घटना हुन्छन् ?

काठमाण्डौं, ७ श्रावन ।  नेपालमा हरेक दिन औसत ९७ वटा सानाठूला गाडी दुर्घटना हुने गरेको पाइएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार दैनिक हुने ९७ वटा दुर्घटनामा औषतमा सात जनाको मृत्यु हुने गरेको छ । यस्तै ८८ जना घाइते हुने गरेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार गएको आर्थिक वर्ष नेपालमा ३५ हजार चार सय चार वटा गाडी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी दुई हजार तीन सय ६८ जनाको ज्यान गएको छ ।

छ हजार एक सय ६० गम्भीर र २५ हजार नौ सय ९६ जना सामान्य घाइते भएका छन् । गाडी दुर्घटनामा एक सय एक चौपायासमेत मरेका छन् । सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । गएको वर्ष १९ हजार नौ सय ८४ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका थिए । यसैबीच गएको वर्ष ट्राफिक प्रहरीले २२ लाख ९१ हजार आठ सय १७ वटा कारबाहीमा एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार सात सय ६० राजस्व संङ्कलन गरेको छ ।।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।