२०८३ कार्तिक ११ गते बुधवार

पूर्व राज्यमन्त्री रायको हत्या

काठमाण्डौं, ७ श्रावन ।  पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा रहेको आफ्नै घरमा गएराति उहाँको हत्या भएको प्रहरीले जनाएको छ । नचिनेका मान्छेको समूहले धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । ८० वर्षीय राय ३० वर्षअघि राप्रपाबाट भूमिव्यवस्था राज्यमन्त्री हुनुभएको थियो । उहाँ परिवारसहित मलङ्गवा बस्ने गरे पनि बेलाबेला चन्द्रनगरमा रहेको पुरानो घरमा जाने गर्नुहुन्थ्यो । हिजो मात्रै पुरानो घर पुगेको बेला उहाँको हत्या भएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।