२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा करेन्ट लागेर एकजना घाइते

तुलसीपुर, ६ श्रावन ।  दाङको तुलसीपुरमा करेन्ट लागेर एकजना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–१२ क्वाङी निवासी ४० वर्षीय अमर बहादुर घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफ्नै घरको ईनारमा रहेको पानी मोटर झिक्ने क्रममा घर्तीको दुबै हातको हत्केलामा करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएका उहाँको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।