२०८३ कार्तिक ११ गते बुधवार

सर्पको टोकाइबाट गम्भीर बिरामी परेकालाई हेलिकप्टरबाट उद्धार

काठमाण्डौं, ५ श्रावन ।  सर्पको टोकाइबाट गम्भीर बिरामी परेका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको आज हेलिकप्टरबाट उद्धार भएको छ । हिजो आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर बिरामी परेका आचार्यको उद्धार गरेर आज थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको हो ।

जिल्ला अस्पतालमा सर्पको विषको असरलाई नियन्त्रण गर्ने प्रतिविष (एन्टी स्नेक भेनम) नहुँदा जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेर हेलिकप्टरमार्फत सुर्खेत पठाएको जिल्ला जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिनुभयो । कालिकोटमा जिल्लामा सर्पदंशको उपचार नहुँदा धेरै समस्या हुँदै आएको छ ।।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।