
तुलसीपुर, ५ श्रावन । दाङको तुलसीपुरमा एक महिलालाई बलात्कार गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा सल्यानको त्रिबेणी गाउँपालिका–४ फालाबाङ घरभई हाल दाङको तुलसीपुर–७ मा बस्दै आएका ३६ वर्षीय जगत रावत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
बुधबार साँझ आफुमाथी जबरजस्ती करणी भएको भनेर एक महिलाले उजुरी दिएपछी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।।
प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार