तुलसीपुरमा मुसा मार्नेे बिषादी खादा एकजनाको मृत्यु

तुलसीपुर, ५ श्रावन ।  दाङको तुलसीपुरमा तुलसीपुरमा मुसा मार्ने बिषादी सेवनबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–६ का ४१ वर्षीय राजकुमार परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार परियारले यही श्रावन ३ गते दिउँसो १ बजेको समयमा आफ्नै घरमा रहेको नाम नखुलेको मुसा मार्न प्रयोग गरिने बिषादी सेवन गर्दा विरामी परेका थिए ।

उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी सोही दिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछी हिजो राती ९ बजेतिर नेपालगञ्ज रिफर गरिएकोमा उपचारकै क्रममा गएराती साढे २ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनले बिषादी प्रयोग गर्नुको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार
प्रतिक्रिया