२०८३ कार्तिक ११ गते बुधवार

विरोध प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

काठमाडौं, ४ श्रावन ।  बङ्गलादेशमा आरक्षणको विरोधमा भइरहेको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या २५ जना पुगेको छ । प्रदर्शनका क्रममा सयौँ मानिस घाइते भएको र देशभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको छ । आरक्षण विरोधी प्रदर्शन चर्किँदै गएपछि सरकारले देशका विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेको छ ।

यसैबीच प्रधानमन्त्री शेख हसिनाको सम्बोधनपछि प्रदर्शन झन् हिंसात्मक बनेको खबरमा उल्लेख छ । प्रधानमन्त्री हसिनाले राष्ट्रका नाममा प्रदर्शनकारीहरूलाई धैर्य रहन आग्रह गर्दै अदालतको माध्यमबाट न्याय मिल्ने बताउनुभएको थियो । प्रदर्शनकारीहरूले भने प्रधानमन्त्रीले आश्वासन मात्रै दिएको र सरकारको तर्फबाट आफ्नो सपाइ पेश गरेको भन्दै देशव्यापी बन्दको आह्वान गरेका छन् ।।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।