२०८३ कार्तिक ११ गते बुधवार

माटोको ढिस्कोले पुरिएका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

काठमाण्डौ, ४ श्रावन ।  सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पूमा माटोको ढिस्कोले पुरिएका व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । सोलुखुम्बुकै माप्य दूधकोशी गाउँपालिका–५ बस्ने ४२ वर्षीय तेजबहादुर तामाङ तारजालीको पर्खाल लगाउने क्रममा आज माटोको ढिस्कोले पुरिनुभएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुबाट खटिएको सुरक्षा टोलीले उहाँको उद्धार गरी जिल्ला अस्पताल फाप्लुमा पठाएको छ । उहाँको टाउको र कम्मरको भागमा चोट लागेको छ ।।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।