२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिला घाइते

तुलसीपुर, ४ श्रावन ।  दाङको तुलसीपुरमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–६ निवासी ४५ वर्षीया हिमा कुमारी महतरा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर–६ स्याउली बजारदेखी तुलसीपुरतर्फ आउदै गरेका रा ७ प ७८२ नम्बरको मोटरसाइकलमा पछाडी सवार रहेकी महतरा स्याउली बजार नजिकै आज बिहान मोटरसाइकलबाट आफै खस्नुभएको हो । उहाँलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।