२०८३ कार्तिक ११ गते बुधवार

पहिरोमा परी घाइते भएका ४ जनाको हेलिकप्टरबाट उद्दार

जाजरकोट, २ श्रावन ।  जाजरकोटमा पहिरोमा परी घाइते भएका चार जनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । मंगलबार राति कुशे गाउँपालिका–८ को दल्लेनामा पहिरो जाँदा एकै परिवारका ४ जना घाइते भएका थिए । पहिरोमा गम्भीर घाइते भएकाहरूको उद्दार गरी थप उपचारका लागि बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोमा परी कुशे गाउँपालिका–८ दल्लेनाका २९ वर्षीया कमला थापा, ३५ वर्षीया दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया थापा घाइते भएका छन् । गए राति करिब ८ बजे उनीहरू बसिरहेको ठाउँमा पहिरो गएको थियो । गत वर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो ।।

प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।