२०८३ कार्तिक ११ गते बुधवार

डीएसपी हुँ भन्दै ठगी गर्ने एकजना बाँकेबाट पक्राउ

तुलसीपुर, २ श्रावन ।  नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–५ का ३० वर्षीय नैनशिंह बिक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनले विगत ३ महिनादेखी बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा गएर आफु नेपाल प्रहरीको सिआइबी र राष्ट्रिय अनुसन्धानको डीएसपी नविन शाही हुँ भनेर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उनले विभिन्न कार्यालयका प्रमुख, अन्य कर्मचारी र सर्वसाधारणलाईसमेत भेटेर कुराकानी गरी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले हिजो मंगलबार कोहरपुर नगरपालिका–११ बाट पक्राउ गरेको हो । उनी माथी अनुसन्धान भइरहेकाले अन्यत्र कतैपनि ठगी गरेको भए इलाका प्रहरी कार्यालय कोहरपुरमा जानकारी गराउन पनि प्रहरीले आग्रह गरेको छ ।।

प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।