काठमाण्डौ, १ श्रावन । सरकारले बाढीपहिरो एवम् प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को बैठकले विपदका कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसेका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । मन्त्री गुरुङले पहिलो पटक यस्तो निर्णय गरिएको बताउनुभयो । साथै बैठकले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ताबापतको राहत रकम उपलब्ध गराउनेसमेत निर्णय गरेको छ ।।
प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।