२०८३ कार्तिक ११ गते बुधवार

रुकुममा बाढीले बगाउँदा तीन बालिकाको मृत्यु

रुकुम पश्चिम, १ श्रावन ।  रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–१२ निवासी १० वर्षीय हितमाया पुन, ८ वर्षीय धनसा पुन र ४ वर्षीय मनिषा सार्की रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार घटनामा परेर स्थानिय डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् । तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउदा अन्य ६ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सूचना अधिकारी बखत शाहीले जानकारी दिनुभयो । घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीय मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीय मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीय कल्पना कामी रहेको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।