२०८३ कार्तिक ११ गते बुधवार

त्रिसुली बस दुर्घटना : दुई वटा बसमा ६५ जना यात्रु रहेको पुष्टी

काठमाण्डौ, ३० असार ।  चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बसमा ६५ जना यात्रु रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूलीमा हराइरहेको काठमाण्डौबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तले टिपाएको विवरणका आधारमा गणपतिमा थप ११ जना यात्रु रहेको खुलेको छ । जम्मा ३८ जना यात्रु रहेको यो बसका तीन जना यात्रु भने सकुशल छन् ।

त्यस्तै वीरगन्जबाट काठमाण्डौका लागि छुटेको एन्जल बसको चलानमा २३ जना र आफन्त सम्पर्कमा आएर दिएको विवरणका आधारमा थप चार जना गरी जम्मा २७ जनाले यात्रा गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । दुवै बसमा रहेका यात्रुमध्ये तीन जना सकुशल रहेको र बाँकी ६२ मध्ये आज बिहानसम्म चारवटा शव फेला परेको छ । तीमध्ये तीनवटा शवको आफन्तले सनाखत गरेका छन् । अझै ५८ जनाको अवस्था थाहा हुन सकेको छैन । बस र बेपत्ता यात्रुको आज पनि खोजी भइरहेको छ ।।

प्रकाशित मिति : २०८१ असार ३० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।