२०८३ कार्तिक ११ गते बुधवार

विमान दुर्घटना हुँदा चालक दलका ३ जनाको मृत्यु

काठमाडौं, २९ असार  ।  एउटा रुसी यात्रुवाहक जेट शुक्रबार मस्को नजिकै दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन जनाको मृत्यु भएको छ । विमानले यात्रुविना उडान गरेको थियो । सुखोई सुपरजेट १०० रुसी राजधानीबाट करिब ९० किलोमिटर दक्षिणपूर्वमा रहेको अप्राक्सिनो गाउँ नजिकैको जंगलमा दुर्घटना भएको हो । उक्त विमान रुसी राज्य नियन्त्रित प्राकृतिक ग्यास कम्पनी गाजप्रोमको स्वामित्वमा रहेको विमान गाजप्रोम एभियाको रहेको बताइएको छ ।

गाजप्रोम एभियाले रुसी राजधानीबाट १ सय १० किलोमिटर दक्षिणपूर्वमा रहेको लुखोभित्सीमा रहेको विमान निर्माण प्लान्टबाट उडान भरेको बताएको छ । यो मस्कोको भानुकोवो विमानस्थलतर्फ जाँदै गर्दा उडान भरेको आठ मिनेटपछि नै दुर्घटना भएको थियो । दुर्घटनाको कारण थाहा हुन सकेको नसकेपनि केही रुसी मिडिया रिपोर्टहरूले विमानको दुवै इन्जिन फेल भएको हुन सक्ने सङ्केत गरेका छन् । अनुसन्धान समितिले दुर्घटनाको अनुसन्धान सुरु गरेको छ ।।

प्रकाशित मिति : २०८१ असार २९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।