२०८३ कार्तिक ११ गते बुधवार

दाङमा जंगली च्याउ खादा एक महिला गम्भिर विरामी

तुलसीपुर, २८ असार ।  दाङमा जंगली च्याउ खादा एक महिला गम्भिर विरामी भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा शान्तिनगर गाउँपालिका–२ अमुवाकी २६ वर्षीया मिना न्यौपाने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बेलुका पौने ६ बजेको समयमा जंगलबाट ल्याएको च्याउ खादा उहाँ गम्भिर विरामी पर्नुभएको हो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी राप्ती लाइफ केयर हस्पिटल मोतिपुरमा रिफर गरिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।