२०८३ कार्तिक ११ गते बुधवार

पहिरोले दुई वटा बस बगाउँदा ६५ जना बेपत्ता

काठमाडौं, २८ असार ।  नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाउँदा ६५ जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका २९ सिमलतालमा आज बिहान साढे ३ बजेतिर वीरगन्जबाट काठमाडौँ आइरहेको तथा काठमाडौँबाट गौर गइरहेको बस पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे जानकारी पाउने वित्तिकै इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घटनास्थलमा पुगे पनि लगातारको वर्षाले उद्धारमा कठिनाइ भएको छ ।

बीच बाटोमा केही यात्रु चढेकाले बसमा कति जना थिए भनेर यकिन हुन सकेको छैन । यद्यपी दुई वटा बसमा ६५ जना जति रहेका प्रहरीको अनुमान छ । तीन जनाले भने गाडीबाट हामफालेर ज्यान जोगाएका पनि डिएसपी रिजालले बताउनुभयो । यस्तै चितवनको १७ किलो भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा लागेर अर्को एउटा बसका चालकको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८१ असार २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।