२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुरले झण्डै २ अर्ब बजेट ल्याउँदै

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ का लागि झण्डै २ अर्ब बजेट ल्याउँन लागेको छ । नीति तथा कार्यक्रम र बजेट एकैपटक ल्याउन लागेको उपमहानगरले आगामी बर्षका लागि १ अर्ब ९४ करोड, ७८ लाख बराबरको बजेट ल्याउन लागेको हो । बिहान ११ बजे हुने उपमहानगरपालिकाको १५ औं नगर सभामा उपप्रमुख स्यानी चौधरीले बजेट प्रस्तुत गर्नुहुने छ ।

यसैबीच प्रत्येक वडामा आगामी बर्षका लागि एक करोड ५० लाख रुपैयाँको सिलिङ निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिका–११ का वडा अध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो । अघिल्लो वर्ष वडामा दुई पटक गरेर ७० लाख मात्र बजेट उपमहानगरपालिकाबाट गएको थियो ।

प्रकाशित मिति : २०८१ असार १० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।