२०८३ भाद्र २६ गते शुक्रवार

अमिलिया तुलसीपुर सडक २ दिन बन्द हुने 

तुलसीपुर, ७ असार । राप्ती राजमार्ग अन्तर्गत अमिलिया तुलसीपुर सडक खण्ड दुई दिन बन्द हुने भएको छ । भन्ज्याङ देखि बबईसम्मको सडकमा कालोपत्रे गर्ने भएकाले असार ८ गते बिहान १० बजेदेखि असार १० गतेसम्मका लागि अमिलिया तुलसीपुर सडक खण्ड पूर्ण रुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ ।

सडक डिभिजन कार्यालय दाङले प्राविधिक राय सहित पत्र पठाएपछि जिल्ला प्रशासन कार्यालय दाङले यस्तो सूचना जारी गरेको हो । दुई दिन उक्त सडकमा सबै प्रकारका सवारी आवागमनमा पूर्णरुपमा रोक लगाइने भएको छ । यसैबीच सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरु प्रसाद अधिकारीले वैकल्पिक मार्गका रुपमा घोराही लमही सडक खण्ड प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

 
प्रकाशित मिति : २०८१ असार ७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।