तुलसीपुर, ३२ जेठ । दाङको तुलसीपुरमा एकैपटक ८३ जनाले रक्तदान गरेका छन् । नेपाल मानव धर्म सेवा समिति तुलसीपुरले विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा वडा अध्यक्ष सहित ८३ जनाले रक्तदान गरेको समितिका सचिव चन्द्रबहादुर वलीले जानकारी दिनुभयो । समितिले प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । अघिल्लो वर्ष गरिएको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका थिए । दाङका विभिन्न स्थानमा शुक्रबार गरिएकाे रक्दान कार्यक्रम मध्य यहाँ सबैभन्दा धेरै रक्त संकलन भएकाे नेपाल रेडक्रस साेसाइटी दाङ शाखाले जनाएकाे छ ।
नेपाल मानव धर्म सेवास समिति राप्ती भेरि प्रचारीका चादना बाइजीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष दुजमान भण्डारी वर्षातले समितिले रक्तदान जस्तो पवित्र कार्य गरेर मानव समाजका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रशंसा गर्नुभयो । नेपाल मानव धर्म सेवा समितिले गर्दै आएका यस्ता सामाजिक कामले आगामी पुस्तालाई सही बाटोमा हिडाउनका लागि निकै महतवपूर्ण भुमिका खेल्ने अध्यक्ष भण्डारीले बताउनुभयो । मानव धर्मको आश्रमको विकास र समृद्धिका लागि आफु निरन्तर रुपमा लाग्ने बताउँदै अध्यक्ष भण्डारीले संस्कार, नैतिक क्षिक्षा मानव परोपकारी जस्ता सामाजिक कार्य गरेर समाजमा फरक पहिचन दिएको बताउनुभयो ।
सो अवसरमा तुलसीपुर ६ का वडा अध्यक्ष दुजमान भण्डारी वर्षात, तुलसीपुर उपमहानगरपालिका –२ का पूर्व जनप्रतिनिधि कमला थापा, रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, प्रेमकुमारी मगर, रोमा पुन, बन्दना बुढामगर, लक्ष्मी केसी, दिया भण्डारी, लक्ष्मी रेउले लगायत ८३ जनाले रक्तदान गरेका थिए ।


रक्तदान गर्नेकाे नामावली








टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।