
काठमाडौँ ३१ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार टिकटकलगायतका कुनै पनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताउनुभएको छ । संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले समाजमा अमर्यादित गतिविधिलाई महत्त्व दिने गरी भिडियो राखेका कारण सरकारले टिकटक बन्द गरेकादाबी गर्नुभयो ।
सामाजिक सञ्जालसम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रीपरिषद्मा पेस गरिएको उहाँले बताउनुभयो । उहाँले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता गर्ने प्रक्रियामा रहेको पनि जानकारी दिनुभयो । नेपालमा दर्ता भई स्वनियमन कायम गरे सबै सामाजिक सञ्जाल चलाउन सकिने मन्त्री शर्माको भनाई छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार