दाङ, २९ जेठ । अत्यधिक गर्मीका कारण दाङ लगायत तराई मधेशसहित देशका विभिन्न जिल्लामा जनजीवन प्रभावित बनेको छ । गर्मीका कारण बालबालिकामा बेहोस हुने, टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुनेलगायतका स्वास्थ्य समस्या पनि देखिन थालेका छन् । यस्तै दिनभरी ज्याला मजदुरी गर्ने श्रमिक पनि समस्यामा परेका छन् ।
कतिपय जिल्लामा पठनपाठन प्रभावित हुँदा विद्यालय नै बन्द गरिएको छ । गर्मीको समयमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी–पोखरीमा पौडी खेल्ने, माछा मार्ने जस्ता काम गर्न नदिन, निगरानीसहितका सावधानी अपनाउन आग्रह गरिएको छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।