२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुर उपमहानगरको पहलमा टरीगाउँ एयरपोर्टमा बजेट

तुलसीपुर, १५ जेठ ।  टरीगाउँ विमानस्थल विस्तारकालागि संघीय सरकारले बजेट विनियोजन गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको पहलमा बजेट विनियोजन गरिएको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले टरीगाउँ विमानस्थल विस्तारकालागि आवश्यक बजेट विनियोजन गरेको बताउनुभयो । विमानस्थल विस्तारकालागि तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको संयोजकत्वमा समिति नै बनाएको थियो । विमानस्थल विस्तारका लागि उपमहानगरले कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्ने प्रक्रिया समेत अघि बढाइसकेको छ ।

हामीले नीतीगत रूपमै पहल गरेपछि सरकारले टरीगाउँ विमानस्थल विस्तारका लागि बजेट विनियोजन गरेको छ । उपमहानगर प्रमुख टिकाराम खड्काले भन्नुभयो, अब विमानस्थल विस्तार हुन्छ र निकट भविष्यमै नियमित उडान हुनेछ । आफ्नो अथक प्रयासपछि विमानस्थल विस्तारका लागि बजेट परेको भन्दै उपप्रमुख चौधरीले खुसी व्यक्त गर्नुभयो । यसैबीच तुलसीपुर उपमहानगरपालिकाले विमानस्थल विस्तारका लागि बजेट विनियोजन गरेकोमा अर्थमन्त्री पुनलाई धन्यवाद समेत ज्ञापन गरेको छ । नगरप्रमुख खड्काले आज वक्तव्य जारी गर्दै विमानस्थल विस्तारको अभियानमा साथ दिने उद्योग बाणीज्य संघ, चेम्बर अफ कमर्स र नागरिक समाजप्रति आभार व्यक्त गर्नुभएको हो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।