२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा ३ जना गम्भिर घाइते

तुलसीपुर, ११ बैशाख ।  दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा ३ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–४ तल्लो हलवार निवासी २६ वर्षीय सुनिल चौधरी, सोही ठाउँका २३ वर्षीय गणेश चौधरी र २६ वर्षीय विषाल चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ४ प ८६९७ नम्बरको मोटरसाइकल तुलसीपुर–१८ ग्वारखोला पुलमा गयराती साढे १० बजेको समयमा आफै अनियन्त्रित भएर ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका तिनैजनालाई थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।