२०८३ कार्तिक ११ गते बुधवार

संचार माध्यमको सहयोग विना कुनैपनि क्षेत्रको विकास हुन नसकिनेमा जोड

तुलसीपुर, ८ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरमा रहेको राप्ती शान्ति उद्यान पार्कको विकासविस्तार र पैचारप्रसारमा पत्रकार र संचारको अहम भूमिका रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल प्रेस चौतारी दाङले आज तुलसीपुरको राप्ती शान्ति उद्यान पार्कमा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनले राप्ती शान्ति उद्यान पार्क जिल्लाको पर्यटकीय क्षेत्र मध्येको प्रमुख क्षेत्र रहेको भन्दै यसको विकास विना दाङको पर्यटकीय क्षेत्रको विकास हुन नसक्ने बताउनु भयो । संचार माध्यमको सहयोग विना कुनैपनि क्षेत्रको विकास हुन नसक्ने उहाँले बताउनु भयो । पार्कको विकासका लागि जिल्लाका पत्रकार र संचार माध्यमको महत्वपूर्ण भूमिका रहेको र आगामी दिनमा पनि रहने उहाँको भनाई थियो । पार्कको शान्ति सुरक्षाका लागि प्रहरी विटको अभाव रहेको भन्दै उहाँले यसको लागि प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।

पार्कमा दिवासेवा मात्रै रहेको बताउँदै रात्री कालीन रुपमा पनि सन्चालन गर्न सके आम्दानी गर्न सकिने बताउनु भयो । यसका लागि पत्रकार र संचार माध्यमले के गर्नु पर्छ? त्यसका लागि तयार रहेको बताउनु भयो । आसन्न नेपाल पत्रकार महासंघ दाङको निर्वाचनलाई सर्वसहमत नेतृत्व चयन गर्ने पक्षमा रहेको छ । जिल्लामा सर्वसहमत रुपमा कार्यसमिति चयन गरेर देशभरमा परिचय दिन सकिने वातावरण सिर्जन गर्नेमा चौतारीबाट कुनै बाधा अड्चन नहुने बताइएको छ । चौतारीका अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदका उम्मेद्धार चौतारीको जेएन सागरलाई बनाउने घोषणा गरिएको छ ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, नेपाल पत्रबार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष शुशील बस्नेत, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, राप्ती शान्ति उद्यान पार्कका अध्यक्ष डिल्ली भण्डारी लगायतले बोल्नु भएको थियो । उपाध्यक्ष सुधासुमन ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।