२०८३ कार्तिक ११ गते बुधवार

मिडिया महोत्सव सम्पन्न

तुलसीपुर,४ वैशाख । नेपाल पत्रकारसंघ दाङले आयोजना गरेको दुई दिने मिडिया महोत्सवको सम्पन्न भएको छ । संघीयता, विकास र मिडिया, मिडियाको सामथ्र्य र भविष्य, नैतिकताको कसीमा मिडिया, मिडियामा समावेशस् सवाल, कानुन निर्माण र मिडिया साक्षरता लगायत विषयमा बहस भएको थियो । मिडियाको सामथ्र्य र भविष्य विषयक बहसमा तुलसीपुर उपमहानगरपालिकाका पूर्वनगर प्रमुख घनश्याम पाण्डेले पत्रकारितामा देखिएको भाष्य परिमार्जन गर्न आवश्यक रहेको बताउनु भएको छ ।

प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता फरक कुरा रहेको भन्दै प्रेस स्वतन्त्रताले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्न नहुने बताउनु भयो । व्यक्तिको अभिव्यक्ति तथा व्यक्तिगत स्वतन्त्रतालाई नेपालको संविधानले सम्मान गर्नु पर्छ, उहाँले भन्नुभयो । तर अहिले पनि त्यसो हुन सकेको छैन । यस्तै सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले नैतिकताको कसीमा मिडिया विषयमा बहस गर्दै सामुदायिक रेडियोहरुले दुरदराजका बस्ती तथा समुदायमा खेलेको भूमिका प्रसंशनीय रहेको बताउनु भयो ।

तर संचार माध्यमलाई जोगाउन समस्या रहेको उहाँको भनाई थियो । मिडियामा समावेशी सवाल विषयमा बहस गर्दै कृष्णराज सर्वहारीले स्थानिय संचार माध्यमले स्थानिय विषयवस्तुलाई प्रमुख प्राथमिकता दिनु पर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकारिता मात्र नभइ हरेक क्षेत्रमा दैनिक रुपमा महिलाहरुको अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको बताउनु भयो । आफू पत्रकारितामा प्रवेश गर्दै गर्दा महिलाहरुको अवस्था विकराल रहेका भन्दै केही हदसम्म माथि उठेको उहाँको भनाई थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।