तुलसीपुर उपमहानगरपालिका सुधारोन्मुख फोहोर व्यवस्थापनमा जुट्दै

तुलसीपुर, २६ चैत । दाङको तुलसीपुर उपमहानरगपालिकाले फोहोरबाट तुल्सी कम्पोष्ट उत्पादन गरेको छ । उपमहानगरले गल्ने फोहोरबाट तीन महिनाको अवधिमा २ दशमलव ५ टन मल उत्पादन गरेको हो । यस्तै नगल्ने तथा प्लाष्टिकजन्य फोहोरबाट केही महिलाहरुलाई तालिम दिएर व्याग, ढकिया, जुत्ता पेनहोल्डर लगायतका सामग्री निर्माण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा दैनिक ९० टन फोहोर उत्पादन भए पनि २५ टन उपमहानगरले संकलन गर्ने गरेको छ । बाँकी ६५ टन फोहोर नागरिकहरुले खेतबारीमा हाल्नका लागि घरमै गल्ने फोहोरबाट कम्पोष्ट मल बनाउने, तरकारी बजारबाट उत्पादित फोहोर सुँगुरलाई खुवाउनका लागि प्रयोग गर्ने, कबाडमा दिने गरिएको छ । तुलसीपुरमा सुधारोन्मुख फोहोर व्यवस्थापनमा आधारित भएर संचालित हुने जलवायु उत्थानशील व्यवसाय सम्बन्धि समापन कार्यक्रममा आज सोमबार यस्तो जानकारी गराइएको हो ।

युएसए आइडी, तयार नेपाल र व्लु वेष्ट टु भ्यालुको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा मल उत्पादन भएको हो भने अव यसलाई निरन्तरता दिने प्रमुख टिकाराम दढ्काले बताउनु भएको छ । गलेर गनाएर जाने फोहोरलाई सीप प्रयोग गरेर उद्यम तथा आयआर्जनसँग जोड्न सकिने रहेछ भन्ने उदाहरण तुलसीपुर उपमहानगरले गरेको उहाँले बताउनु भयो ।फोहोरबाट कम्पोष्ट मल उत्पादन गरेर किसानहरुसँग जोडिने अवसर मिलेको बताउनु भयो । खेतीपातीमा धेरै असर गरिरहेको प्लाष्टिकलाई प्रवद्र्धन गरेर समुदाय, किसानसँग जोडिने वातावरण सिर्जना भएको उहाँको भनाई थियो । विपत व्यवस्थापन समितिका संयोजक तथा वडा नंबर ६ का वडाध्यक्ष दुजमान भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया