तुलसीपुर, २३ चैत । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको राजीनामा स्वीकृत गर्नु भएको छ । आज शुक्रबार प्रदेश प्रमुख शेरचनले चौधरीको राजीनामा स्वीकृत गर्नु भएको हो ।
प्रदेश प्रमुख शेरचनले चौधरीको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोक्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भूमीश्वर ढकालले जानकारी दिनु भयो । लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट हिजो विहीबार राजीनामा दिनुभएको थियो। विश्वासको मत नपाउने सम्भावना भएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिनुभएको थियो ।।
प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।