भारत, १८ चैत । भारत सरकारले गहुँको भण्डारण स्थिति अनिवार्य घोषणा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । निर्देशनअनुसार गहुँको भण्डारण तथ्य र तथ्याङ्क साप्ताहिक आधारमा घोषणा गर्नु पर्नेछ । सरकारले भारतमा थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालकका बिक्रेता र व्यावसायीलाई अबको हप्तादेखि नै गहुँको भण्डारण स्थिति घोषणा गर्न आग्रह गरेको हो ।
यसरी गहुँको भण्डारण अवस्था घोषणा गर्नुको मुख्य उद्देश्य समग्र खाद्य सुरक्षा व्यवस्थापन रहेको उल्लेख छ । भारत सरकारले चामलका लागि पहिले नै यस्तो आदेश दिइसकेको छ । घोषणाअनुसार दर्ता नभएका संस्थाले निवार्यरूपमा दर्ता भई हरेक शुक्रवार गहुँ र चामलको भण्डारण जानकारी दिन शुरु गर्नुपर्नेछ ।
सरकारको खाद्य तथा सार्वजनिक वितरण विभागले गहुँ र चामलको मूल्यमा नियन्त्रण गरी देशमा सहज उपलब्धता सुनिश्चित गर्न निगरानी बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।