
तुलसीपुर, १६ चैत्र । ग्राहस्थ विद्युतीकरण सम्बन्धी २ हप्ते तालिम दाङको तुलसीपुरमा सम्पन्न भएको छ । दाङ भ्याली मावि तुलसीपुरले वार्षिक कार्ययोजना अनुसार शिक्षालाई सीपसंग जोड्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । आधुनिक युगमा पढ्दै, कमाउँदै र रमाउँदै अभियान अन्तर्गत जीवन उपयोगी शिक्षाको विकासका लागि यस्ता सीपयुक्त तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विद्यालयका प्रधानाध्यापक शिला अर्यालले बताउनुभयो ।
कक्षा ११ र १२ मा अध्ययनरत ५५ जना विद्यार्थीको सहभागिता रहेको तालिम अवधिभर प्रशिक्षक प्रेम शर्माले घर सम्बन्धी वायरीङका विविध पक्षमा सिकाउनु भएको थियो । तालिममा सहभागी सर्जन विक्रम परियारले वायरिङ सम्बन्धि सिप सिकेर आयआर्जनका केही गर्न सक्ने आत्मबल बढेको बताउनुभयो ।
प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार