२०८३ कार्तिक ११ गते बुधवार

थारु समुदायको विवाहमा लगाइने भेषभूषा लोप हुँदै

तुलसीपुर, २९ फागुन । थारु समुदायको विवाहमा लगाइने भेषभूषा आफ्नै परम्परा अनुसारको छ तर उक्त मौलिक भेषभूषा लोप हुँदै गएको छ । विवाहमा लगाउने थारु परम्परागत गरगहनासँगै भेषभूषा लगाउनै छोडिएको थारु समुदायका नागरिकहरुले बताउने गरेका छन् ।

थारु समुदायमा विवाहमा दुलहा र दुलहीले लगाउने भेषभूषा सेतो रङको हुन्छ । दुलहाले लगाउने चौबन्दी, हङगा (लङघौती), टाउकोमा लगाउने पगिया, दुलहीले लगाउने १२ हातको चोल्या, बरोहर, फ¥या जस्ता कपडाहरु लगाउन छोडेको तुलसीपुर ५ का शुशीला चौधरीले बताउनुभयो । आफ्नो भन्दा पनि अरुको भेषभूषा राम्रो देख्नु,नयाँनयाँ डिजाइनडिजाइनका साडी, लेहेङगा लगायतका कपडाहरुप्रति आकर्षित हुनु, दोस्रो समुदायको प्रभाव पर्नु, महत्व नबुझ्नु, आफ्नो समुदायको भेषभूषाको महत्वबारे अगाडिका पुस्ताले जानकारी नगराउनु लगायत कारणले लोप हुदै गएको थारु संस्कृतिका जानकार छविलला कोपिलाले बताउनुभयो ।

यसै गरी थारुहरुको संस्कृति अलिखित भएका कारण थारुको संस्कृति लोप हुँदै गएको उहाँको भनाइ छ । त्यसैले मौलिकता जोगाउनका लागि विशेष चाडपर्व, विवाह जस्ता विशेष कार्यक्रममा थारु समुदायका नागरिकहरुले मौलिक परम्परागत भेषभूषा लगाउन आवश्यक रहेको कोपिलाले बताउनुभयो ।।

प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।