तुलसीपुर, २७ फागुन । २०८० को प्रभावशाली महिलाहरुको सुचीमा दाङको पुष्पा चौधरी छनोटमा पर्नु भएको छ । विगत २२ वर्षदेखि निरन्तर पत्रकारितामा आवद्ध रहेर काम गर्दै आइरहेको सञ्चारकर्मी पुष्पा हाल अहिले बर्दियामा बसेर पत्रकारिता गरिरहनु भएको छ । उहाँ नेपालको पहिलो थारु भाषाबाट प्रसारण हुने सामुदायिक रेडियो गुर्बाबा एफएमको २०६४ सालदेखि स्टेशन म्याजेरको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । यो भन्दा पहिले दाङ, कैलाली जिल्लामा रहेका विभिन्न रेडियो तथा पत्रपत्रिकाका आवद्ध रहेर कलम चलाउँदै आउनु भएको थियो ।
उहाँ पत्रकारिता सँगसँगै मुलुकी देवानी संहिता २०७४ लाई थारु भाषामा अनुवाद गरी समाजमा निशुल्क रुपमा वितरण गर्दै गरिरहेको उहाँले बताउनु भयो । यसै गरी थारु समुदामा गाउँको अगुवाको रुपमा काम गर्ने बड्घर अर्थात महटवा महिला हुनुपर्छ भनेर पहल गर्दै आएको उहाँँको भनाई छ । पुस्पा र थारु समुदायका अगुवाहरुको सक्रियताका कारण बर्दिया र कैलालीमा ५० देखि ६० जना महिला बड्घर चुनिएको उहाँले जानकारी दिनुभयो ।
यसैविच प्रभावशाली महिलाको सुचीमा पर्ने ५० जना मध्येमा दाङको पुष्पा चौधरी सहित थारु समुदायका ४ प्रभावशाली महिलाहरु छनोटमा परेका छन् । सुचीमा पर्नेहरुमा संचारकर्मी पुष्पा चौधरी सहित लुम्बिनी प्रदेशको पूर्व उपसभामुख कृष्णी थारु, अधिवक्ता शुशीला चौधरी र डाक्टर सुनिता चौधरी रहनु भएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।