२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुरमा खुल्यो एक करोड लगानीमा तुलसी मार्ट 

तुलसीपुर, २४ फागुन। स्थानीय उत्पादनदेखि अन्तराष्ट्रिय स्तरका दैनिक उपभोग्य वस्तुको खरिद बिक्री गर्ने गरि दाङको तुलसीपुरमा तुलसी मार्ट सञ्चालनमा आएको छ ।  करिब एक करोड २५ लाख लागतमा तुलसी मार्ट संचालनमा ल्याएको तुलसी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष भाष्कर राज गौतमले जानकारी दिनुभयो । समाजवादी मोडेल अनुसार सस्तो बजारको विकास गर्ने उद्देश्यले सहकारीले पहिलोपटक तुलसीपुरको घोराही रोडमा ठूलो लगानीमा मार्ट सञ्चालनमा ल्याएको अध्यक्ष गौतमले बताउनुभयो ।

तुलसी मार्टमा स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका गुणस्तरीय दैनिक उपभोग्य बस्तुहरू सस्तो रुपमा उपभोक्ताले खरिद गर्न सक्ने सहकारीले बताएको छ । कम्पनीले दिएको  छुटका आधारमा उपभोक्तालाई पनि ३ देखि १५ प्रतिशतसम्म सामान किन्दा छुट दिने गरेकाले पछिल्लो समय उपभोक्ताको चाप बढ्दै गएको सहकारीले बताएको छ । तुलसीपुर बजारको माग अनुसार सबै सामानहरू सहज रुपमा मार्टमा किन्न पाइने बताईको छ ।

स्थानीय उत्पादनलाई जोड दिदै आएको  सहकारीले बचत तथा ऋण प्रवाहको सेवालाई भने बन्द गरेको छ । किसान र सहकारीसंग मितेरी गाँसेर गाउँमा उत्पादन भएको बस्तु बजार र बजारबाट आवश्यक पर्ने उपभोग्य बस्तु गाउँमा पु¥याउने गरि तुलसी सहकारीले  महत्वाकाङ्क्षी योजना अघि सारेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।