२०८३ भाद्र २६ गते शुक्रवार

नाला निर्माणसँगै वातावरण प्रदुषण रोक्नमा सहयोग पुग्ने अपेक्षा

तुलसीपुर, २३ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका १० पड्ढामा पक्की नाला निर्माण हुने भएको छ । पड्ढाको ठूलो गाउँमा सडकको दुवैतिर पक्की नाला निर्माण हुन लागेको हो । तुलसीपुर उपमहानगरपालिकाको गौरवको योजना अन्तर्गत चालु आर्थिक वर्षको बजेट अन्तर्गत ३६ लाखको लागतमा ८ सय २० मिटर लम्बाई, ५० सेन्टिमिटर चौडाई र गहिराई रहेको नाला निर्माण हुन लागेको तुुलसीपुर १० का वडाअध्यक्ष यमराज केसीले जानकारी दिनुभयो ।

आकाशे पानी पर्दा बग्ने नाला नभएर बाटाको छेउछाउमा तथा स्थानियको आँगनमा जम्मा हुने, जम्मा भएको फोहोर पानीमा लामखुट्टे जस्ता किराहरु बसेर वातावरण प्रदुषित हुने जस्ता समस्या वर्षौदेखि स्थानियहरुले भोग्दै आएका थिए । वर्षौ देखि नाला नहुँदा सास्ती भोग्दै आएका स्थानियलाई पक्की नाला निर्माण हुने भएपछि राहत हुने छ ।

उक्त नाला निर्माण पछि ती समस्याहरु समाधान हुने अपेक्षा स्थानियहरुले गरेका छन् । साथै नाला निर्माणसँगै वातावरण प्रदुषण रोक्नमा केही सहयोग पुग्ने स्थानिय गणेशमान चौधरीले बताउनु भयो । यसैविच नाला निर्माणका लागि नाला निर्माण सहजीकरण समिति, प्राविधिक, जनप्रतिनिधि, ठेगदार तथा स्थानिय टोल बासीहरुको सहभागितामा अनुगमन तथा नापजाँच गरिएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।