२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा खान लगाउन नदिएकै मुद्धा सबैभन्दा धेरै

तुलसीपुर, १६ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा सबैभन्दा धेरै खान लगाउन नदिएको (जग्गा /बैंक खाता रोक्का) का सबै भन्दा धेरै मुद्धा परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन १४ गतेसम्म जम्मा ५९ मुद्धा दर्ता भएकोमा ४१ वटा मुद्धा खान लगाउन नदिएकै रहेको न्यायिक समितिले जनाएको छ ।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ अन्तर्गत ४८ र उपदफा २ अन्तर्गत ११ गरी ५९ मुद्धा दर्ता भएको हुन् । जसमा ज्याला मजदुरीका ३, सम्वन्ध विच्छेदका ३, लेनदेनका ३, गाली बेइज्जतीका १, निकासा खुलाई पाउनेका १, जग्गा विवाद तथा भवन संरचना बनाएको ३, प्रदुषण हटाउन पाउने १, बलेसीको पानी अर्काको घरजग्गामा खसालेको २ र अन्य १ रहेको न्यायिक समितिका हुम बहादुर विकले जानकारी दिनुभयो । ५९ मुद्धामध्ये हालसम्म २१ वटा मिलापत्र  ्मार्फत र इजलासबाट निर्णय भएको १३ गरी ३४ फछ्र्यौट भएका छन् भने २५ वटा बाँकी रहेको उहाँको भनाई छ ।

यस्तै गत आर्थिक वर्ष २०७९/०८० मा २ सय ७ मुद्धा दर्ता भएको थियो । जसमा ८८ मुद्धा चालु वर्षमा सरी आएका थिए । सरी आएका ८८ मध्ये ३८ वटा फछर्यौँट भइसके भने ५० वटा अझै बाँकी रहेका छन् । यस्तै यस वर्ष मात्रै ४७ वटा ठाडो उजुरी परेकोमा २३ वटा मुद्धाको छलफल भइ समस्या समाधान भइसकेको छ । यसै गरी मौखिक रुपमा ७५ जना सेवाग्राहीलाई न्यायिक समिति मार्फत सेवा तथा परामर्श दिइएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।