तुलसीपुर, ११ फागुन । भौतिक, शैक्षिक सँगै अध्यात्मिक ज्ञान पनि आर्जन गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । भौतिक र शैक्षिक ज्ञानले मान्छेलाई विद्धानी मात्रै बनाउने भएकाले ज्ञानी बनाउन अध्यात्मिक ज्ञान आवश्यक पर्ने बताएका हुन् । नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर दाङको आयोजनामा भएको शान्ति, सद्भाव, राष्ट्रियता जागृति अभियान सन्त समागम कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका छन् ।
समाजमा रहेका अशान्तिले गर्दा भौतारिरहेको मान्छेका मनलाई अध्यात्मिक ज्ञानको आवश्यकता रहेको भन्दै शान्तिको छहारीमा राखेर मन शान्त पार्ने उपाय नै अध्यात्मिक ज्ञान भएको उनीहरुको भनाई छ । यस्तै अपूर्ण रहेको मावन जीवनलाई पुर्ण बनाउन, विद्धानीलाई ज्ञानी बनाउने शिक्षाको आवश्यकता खड्किरहेको बताएका छन् । विशेष गरी धर्म, परम्परागत मूल्यमान्यतालाई मान्दै आए पनि त्यस भित्रको वास्तविकता जान्ने तर्फ मानिसको चासो नजाने र भौतिक विषय बास्नामा मानिस भुलिरहेका बेला मानिसको जीवन चलाउन भौतिक सगसंगै अध्यात्म ज्ञान जरुरी रहेकोमा जोड लिएका थिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नंबर १८ का अध्यक्ष माधव वली, नेपाल मानव धर्म सेवा समितिका केन्द्रिय पूर्व अध्यक्ष ठाकुर प्रसाद पौडेल, नन्दनी बाइजी, क्षमा बाइजी,युवा संघका केन्द्रिय संयोजक उत्तम गिरी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा धर्म भित्रको विज्ञान र अध्यात्म प्रबचन सहित केन्द्रीय स्तरका कलाकारद्वारा भक्तिसंगित सहितको प्रस्तुती रहेको थियो । सन्त समागम कार्यक्रममा विभिन्न भक्तजन, विद्यार्थी, बुद्धिजीवी, संघ संस्था, राजनीतिक दल लगाएत को उपस्थिति रहेको थियो । राप्ती भेरी प्रभारी चाँदना बाइजीको अध्यक्षतामा भएको कार्यक्रमको सकजीकरण रेडियो प्रकृतिका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले गर्नु भएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।