२०८३ कार्तिक ११ गते बुधवार

थारु गहना संरक्षणमा जोड

तुलसीपुर,७ माघ । थारु समुदायका महिलाले लगाउने परम्परागत गहना हराउँदै जान थालेको छ । थारु महिलाहरु विगतमा शिरदेखि पाउसम्म गहनाले छपक्कै ढाकिने गरी गरगहना लगाउँथे । आफ्नो समुदायका महत्वपूर्ण चाडपर्व, चलन र विवाहमा थारु महिलाले परम्परागत गहना र पहिरन लगाउने गर्छन् । पछिल्लो समय भने यस्तो गरगहना लगाउने सीमित मात्र देखिने गरेका छन्। परम्परागत गहना लगाउने महिला पनि घट्दै गएको पाइन्छ तर पछिल्लो समय चाडपर्व, सभासमारोह, महोत्सव तथा कार्यक्रमहरुमा भने थारुहरुको संस्कृति भेषभूषा संरक्षणका लागि लगाउने गरिन्छ ।

आधुनिकताको प्रवेशसँगै बढेको देखासेखीले परम्परागत गरगहना संरक्षण सम्वद्र्धन गर्नमा समस्या भइरहेको अवस्थामा केही थारु समुदायका युवा पुस्ता भने यसको संरक्षणमा लागेका छन् । तुलसीपुर उपमहानगरपालिका १६ सज्नेवाकी लक्ष्मी चौधरी थारु गहना लगाएर यसको संरक्षणमा लाग्ने गर्नुभएको छ । उहाँले सबै थारु गरगहना आफूसँग नहँुदा कहाँबाट ल्याउने भन्ने चिन्तामा रहेको बेला तुलसीपुर महोत्सव २०८० मा थारु गहना देखेपछि किनेको बताउनु भयो ।

लोप हुँदै गएको थारुहरुको संस्कृति संरक्षणका लागि उक्त गरगहना चाडपर्वहरुमा लगाउने गरेको उहाँको भनाई छ । यस्तै देउखुरीकी राजकुमारी चौधरी मेलामा थारु गहना पाइन्छ भन्ने थाहा पाएपछि थारु गहना किन्नकै लागि मात्रै मेला हेर्न गएको बताउनु भयो । मेलामा थारु गहना किन्न पाएपछि खुशी भएको बताउँदै थारुहरुको पुराना गरगहना संरक्षणमा सहयोग पुग्ने उहाँको भनाई थियो । नवलपरासीको मध्यविन्दु ७ चोरमारामा थारुक गहना पसल संचालन गर्दै आउनु भएका ओमकुमारी महतो तुलसीपुर महोत्सवमा थारु गहना र सबै जिल्लाका थारु डे«स विक्री वितरणका लागि लिएर आउनु भएको छ ।

पसल संचालन गर्दै गर्दा दाङबाट पनि अनलाइनमा थारु गहना धेरै माग हुने भएकाले महोत्सवमा स्टल राख्नु पर्छ भन्ने लागेर आएको उहाँले बताउनुभयो । थारु गहना स्थानिय कालिगढले निर्माण नगर्दा लोप हुँदै गएको बेलामा बाहिर अन्य देशबाट ल्याएर भएपनि थारुहरुको गरगहना संरक्षणमा लागेको उहाँको भनाइ छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।