२०८३ कार्तिक ११ गते बुधवार

नर्सहरुको समस्याः ऐनमा एउटा व्यवहारमा अर्को

तुलसीपुर, २६ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेका एउटा प्रादेशिक अस्पताल, ८ वटा स्वास्थ्यचौकी, २ वटा सामुदायिक स्वास्थ्य इकाई र ११ वटा नगर स्वास्थ्य केन्द्र गरी २२ वटा सरकारी स्वास्थ्य संस्थाहरु छन् । यी स्वास्थ्य संस्थामा काम गर्ने पव्लिक हेल्थ नर्ससहित ४४ जना स्टाफ नर्सले विरामीहरुलाई सेवा दिइरहेका छन् ।

प्रत्येक स्वास्थ्य चौकीमा २ जना स्टाफ नर्स, नगर स्वास्थ्य केन्द्रमा ३ जना रहने प्रावधान अनुसार सेवा दिइरहेकोमा यो जनशक्ति अपुग हुने गरेको छ । २ जना दैनिक ज्यालादारी, १६ जना करारमा र २६ जना स्थायी स्टाफ नर्सहरु कार्यरत रहेका छन् तर उक्त संख्यामा रहेका नर्सहरुको नजशक्ति अपुग रहेकोे तुलसीपुर उपमहानगरपालिकाका पव्लिक हेल्थ नर्स राधिका गौतमले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो जनशक्ति स्थान अनुसार जनसंख्याको आधारमा र बर्थिङ सेन्टर संचालनमा रहेका स्वास्थ्य चौकीका लागि अपुग रहेको छ ।’ उहँँका अनुसार दिउँसोको समयमा मात्रै सेवा दिने स्वास्थ्य चौकीमा समस्या नरहे पनि बर्थिङ सेन्टर संचालनमा रहेको स्वास्थ्य चौकीमा समस्या रहेको छ ।

रातीमा पनि विरामीहरुलाई स्वास्थ्य सेवा दिनुपर्र्नेे अवस्थामा नर्सहरुको सुरक्षा र ज्यालाको व्यवस्थापन समेत हुन सकेको छैन । श्रम ऐन २०७४ अनुसार हप्तामा ४२ घण्टा काम गर्ने भनिएपनि उक्त ऐनमा लेखिएका नितिगत कुराहरु व्यवहारिक रुपमा कार्यान्वयनमा लागु हुन नसक्दा आफूहरुलाई समस्या भइरहेको गुणासो गर्ने गर्दछन् । ऐनको कुरा लागु हुन नसक्दा २४ सै घण्टा एउटैले सेवा दिनुपर्ने अवस्था समेत स्वास्थ्य संस्थामा रहेको छ । त्यसले गर्दा ऐनमा एउटा र व्यवहारमा अर्को हुँदा समस्या रहेको उनीहरुले बताउँछन् ।।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।