२०८३ कार्तिक ११ गते बुधवार

दाङमा क्यान्सरका बिरामी बढ्दै

तुलसीपुर, २२ माघ ।दाङमा पछिल्लो समय क्यान्सरका बिरामी बढिरहेका छन् । दाङमा क्यान्सरका बिरामीहरुको संख्या बढिरहेको पाइएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । दाङमा दुई वर्षको अवधिमा ५ सय २ जना व्यक्तिमा क्यान्सर पहिचान भएको छ । स्वास्थ्य कार्यालय दाङको तथ्याङक अनुसार गत आर्थिक वर्ष आर्थिक वर्ष २०७९र२०८० मा ३ सय १७ जना क्यान्सरका बिरामी भेटिएका थिए । यस्तै आर्थिक वर्ष २०७८र७९ मा १ सय ८५ जना क्यान्सरका बिरामी भेटिएका थिए ।

स्वास्थ्य कार्यालय दाङको तथ्याङक अनुसार पछिल्लो समय क्यान्सरका विरामी बढेको देखाएको छ । दुई वर्षको अवधिमा तुलसीपुरमा १४७, घोराहीमा १४४, लमहीमा २८, दंगीशरण गाँउपालिकामा ८, शान्तिनगरमा ३३, बबई गाँउपालिकामा २९ जना क्यान्सरका बिरामी भेटिएका छन् । यस्तै राप्ती गाँउपालिकामा ६१, गढवा २२, राजपुरमा १५ र बंगलाचुली गाँउपालिकामा १५ जना व्यक्तिमा क्यान्सर पहिचान भएको तथ्याङकले देखाएको छ ।

यसैबिच तुलसीपुर उपमहानगरपालिकामा चालु वर्षको माघको तेस्रो साता सम्म मात्रै ४५ जना क्यान्सरका बिरामी भेटिएको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो । तुलसीपुरमा गत आर्थिक वर्ष २०७९र८० मा ८१ जना व्यक्तिमा व्यान्सर पहिचान भएको न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।